विश्व कपका लागि नेपाली टोलीको घोषणा
काठमाडाैं | पुस २२, २०८२
तस्बिर फाइल
काठमाडौं: भारत र श्रीलंकामा अर्को महिना सुरु हुने आइसिसी पुरुष टि ट्वान्टी विश्वकपका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) विश्वकपका लागि मंगलवार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको नामावली सार्वजनिक गरेको छ।
बन्द प्रशिक्षणमा रहेका २४ बाट ९ खेलाडीले अन्तिम छनोटबाट बाहिरिएका छन्। उप कप्तान दिपेन्द्र सिंह ऐरी उपकप्तान रहेको टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी,करण केसी, नन्दन यादव, गुलशन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम परेका छन्।
बन्द प्रशिक्षणमा रहेका कुशल मल्ल, आदिल अन्सारी, विनोद भण्डारी, भीम सार्की, साहब आलम, इशान पाण्डे, अभिनाष बोहरा , प्रतिश जिसी र रुपेशकुमार सिंह विश्वकप टोलीमा पर्न सकेनन् ।
दुई महिना अघि ओमानमा विश्व कप छनोट टोलीमा रहेका कुशल मल्ल र आदिल अन्सारी विश्व कप टोलीमा अटेनन् । उनीहरुको ठाउँमा बसिर अहमद र शेर मल्लले टोलीमा स्थान बनाएका छन्।
गत महिना सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) को प्रदर्शनका आधारमा प्रशिक्षणमा परेका उनीहरू अन्तिम १५ मा पर्न सफल भएका हुने ।
नेपालले यसपटक विश्व कपमा इंग्ल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश र इटालीको सामना गर्नेछ। माघ २५ गते इंग्ल्याण्डसँग खेल्दै विश्व कपको यात्रा सुरु गर्नेछ। नेपाल समूह चरणका आफ्ना सबै खेल भारत मुम्बईको वाङखडे मैदानमा खेल्नेछ।
नेपालले लगातार दोस्रो र समग्रमा तेस्रो पटक टि ट्वान्टी विश्व कप खेल्दैछ। तेस्रो पटक नै विश्वकप खेल्ने सोमपाल एक्लो नेपाली खेलाडी बन्नेछन्।

पोखरा: नेपाली कांग्रेसमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले यही २७ र २८ पुसका लागि आह्वान गरेको विशेष महाधिवेशनमा सहभागी हुन कास्की कांग्रेसले अपिल गरेको छ । यही २७ र २८ पुसका लागि म...
बागलुङ: नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाको आयोजनामा आगामी चैत २० र २१ गते ‘बागलुङ मिडिया मेला’ हुने भएको छ । शाखाले आफ्नो रजत वर्षका अवसरमा पहिलोपटक जिल्लामा मिडिया मेलाको...
गण्डकी: कास्कीको रुपा गाउँपालिकाले किसानलाई अनुदान सहयोग गरी लसुन र प्याजको व्यावसायिक खेती गरिरहेको छ । पालिकाले यस वर्ष एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य राखेको छ । अघिल्लो वर्...

